२६ फागुन, काठमाडौँ । संखुवासभामा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ सातघुम्तीमा बिहान ७ बजे दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले जानकारी दिए ।
दुर्घटनास्थलबाट १४ जनाको शव निकालिएको उनले पुष्टि गरे । उद्धारको काम जारी रहेको उनको भनाइ छ ।
उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ ।
घाइतेहरूको चैनपुरमाा उपचार हुँदैछ । त्यहाँ उपचार हुन नसकेकाहरूको धरानस्थित वीपी कोइराला अस्पताल लैजाने तयारी रहेको उनले बताए।
बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।







