श्रीमानले पेट चिरिदिएकी महिलाले जन्माइन् मृत शिशू

असोज ६, काठमाडौं ।
गर्भमा छोरा छ की छोरी भनी थाहा पाउन श्रीमानले पेट हँसियाले चिरिदिएकी एक महिलाले मृत शिशू जन्माएकी छिन् । भारतको उत्तर प्रदेशको बदायूँ जिल्लाको यस घटनामा श्रीमतीको पेट चिर्ने ती पुरूषलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पाँच जना छोरीहरू रहेको यो दम्पत्तिले छोरा पाउने आसमा यति छोरी जन्माएको हो । पेट चिर्नु अघि उनले श्रीमतीलाई छोरा जन्माउन दबाब दिने गरेका थिए । महिलाका माइती पक्षले सोही कारण लिंग पहिचान गर्न उनले श्रीमतीको पेट काटिदिएको आरोप लगाएका छन् ।

ती पुरूषले भने यो दुर्घटना भएको र आफूले जानीजानी यस्तो नगरेको बताएका छन् । घटनापछि स्थानीय अस्पताल पुर्याइएकी महिलाको स्थिति गम्भीर बनेपछि उनलाई दिल्लीस्थित अस्पतलमा भर्ना गरिएको थियो । हाल उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । (एजेन्सी)