१ दिने नि:शुल्क पशु स्वास्थ्य तथा बांझोपन निवारण शिविर सम्पन्न

२९ फागुन, काठमाडाैँ । नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेश, नेपाल लाइभ्स्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग इकाइ बुटवल युनिट तथा नेपाल भेटेरिनरी विद्यार्थी एशोसिएसन पक्लिहवाको संयुक्त आयोजनामा सिद्धार्थनगर नगरपालिका-९, सानो दुमदुमवामा १ दिने नि:शुल्क पशु स्वास्थ्य तथा बांझोपन निवारण शिविर सम्पन्न भएको छ ।

शिविरमा गोबर परिक्षण, रेक्टल पाल्पेसन र अल्ट्रासोनिक प्रविधिबाट बांझोपना एवम् गर्व परिक्षण, पशु स्वास्थ परिक्षण, बन्ध्याकरण, परामर्श साथै नि:शुल्क औषधि वितरण गरिएको जानकारी ने भे ए लुम्बिनीका सचिव डा. युवराज पन्थले जानकारी दिए । ६८ गाई,१०८ भैंसी, २३१ बाख्रा र १८० कुखुरा गरि ५८७ पशुपंछिले उपचार तथा औषधि पाएका थिए ।

कार्यक्रम एन्. भि.एस्.ए.का अध्यक्ष धिरज यादवको अध्यक्षता, एन् .ल् .यास.आइ.पि. बुटवलका प्रमुख डा.गान्धी राज उपाध्यायको प्रमुख आतिथ्यता, पक्लिहवा क्याम्पस प्रमुख डा.राम भजन मण्डल तथा ने.भे.ए. अध्यक्ष डा.शितलकाजी श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।