६ असोज, काठमाडौं । दिवंगत कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा ‘हिमचितुवा’को उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले आङरिता शेर्पाको निधनप्रति सरकारले दुःख व्यक्त गरेको छ ।
साथै, उनको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ ।
साथै, शेर्पाको नाम चिरस्थायी बनाउन राज्यले पहल गर्ने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ ।
कीर्तिमानी आरोही शेर्पाको सोमबार बिहान १० बजेतिर काठमाडौंको जोरपाटीस्थित छोरीको निवासमा निधन भएको थियो ।
उनी लामो समयदेखि कलेजो र मस्तिष्कको समस्याबाट ग्रसित थिए ।







