बलिउड अभिनेत्री रिया चक्रवर्ती अझै जेलमा बस्नुपर्ने

६ असोज, काठमाडौं । ड्रग्स केसमा फसेकी बलिउड अभिनेत्री रिया चक्रवर्ती ६ अक्टोबरसम्म जेलमा बस्नुपर्ने भएको छ।

उनको याचिका कोर्टले खारेज गरिदिएको पछि उनी अझै जेलमा बस्नुपर्ने भएको हो ।

रिया र उनका भाईै शोविक चक्रवर्तीले बम्बे हाईकोर्टमा दर्ता गरेको जमानत याचिका कोर्टले खारेज गरिदिएको हो । उनलाई ८ सेप्टेम्बरमा गिरफ्तार गरेर २२ सेप्टेम्बरसम्म जेलमा राखिएको थियो ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा अनुसन्धानका क्रममा उनले ड्रग्स लिने गरेको थाहा पाएपछि रियालाई हिरासतमा लिएर अनुसन्धान भईरहेको छ ।

अभिनेताले गत जूून १४ मा बान्द्रास्थि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । ऐजेन्सी