९ चैत्र, काठमाडौं । पर्यटन उद्यमी राधेश्याम सर्राफको निधन भएको छ।
९२ वर्षको उमेरमा उनको उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो।
उनको पार्थिव शरीर आजै काठमाडौं ल्याउने तयारी गरिएको छ ।
सर्राफ ५९ वर्षअघि भारतबाट नेपाल आएर व्यवसाय शुरु गरेका थिए।
उनले सन् १९७७ मा काठमाडौंको दरबारमार्गमा होटल याक एन्ड यती होटल खोलेका थिए।
उनले त्यसअघि हङकङमा बसेर व्यापार गर्दै आएका थिए।
सर्राफका दुई छोरा छन्। उमेश र अरुण उनका छोरा हुन्। सर्राफले नेपाल र भारतमा ठूला होटल सञ्चालनमा ल्याएका थिए।







