आईपीएलमा बैंगलोरलाई हराउँदै पन्जाब विजयी

१४ चैत्र, काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी शुरूआत गरेको छ ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै पन्जाबले सुखद शुरूआत गरेको हो ।

बैंगलोरले दिएको २ सय ६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

जीतसँगै पन्जाबले पहिलो खेलमा २ अंक जोडेको छ ।