त्रिकोणात्मक टी–२० शृङ्खला : नेपालले तेस्रो खेल पपुवा न्युगिनीसँग आज खेल्दै

१७ चैत्र, काठमाडौं । त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गतआज नेपालले तेस्रो खेलमा पपुवा न्युगिनीसँग खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ बजेबाट सुरु हुनेछ ।

यसअघि नेपालले पहिलो खेलमा पीएनजीमाथि १५ रनको जित हात पारेको थियो ।

शृङ्खलामा नेपालले २ खेल जितिसकेको छ भने पीएनजीले दुवै खेल हारेको छ । नेपालले बुधबार भएको खेलमा मलेसियामाथि ६ विकेटको जित हात पारेको थियो ।