सल्यानमा जिप दुर्घटना : भाइको मृत्यु, दाजु घाइते

२२ चैत्र, काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप दुर्घटना हुँदा शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षीय नारायण वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा उनका दाजु घाइते भएका छन् ।