२४ चैत, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले विभूषित नगर्ने निर्णय गरेकाे छ ।
आगामी वैशाख १ गते सरकारले पदक वितरण गर्ने कार्यक्रम तय गरिएको छ । तर विभूषण प्रदान समारोहमा जबरालाई भने नबोलाइने गृह मन्त्रालयले जनाएको छ ।
जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गत असोजमा सरकारले गरेको थियो ।
संविधान दिवसमा घोषणा भएका विभूषण १ वैशाखमा प्रदान गरिने प्रचलन छ ।
अन्यको हकमा १ वैशाखमा विभूषणका लागि बोलाइएको छ, तर जबरालाई भने नबोलाइएको गृह मन्त्रालयले जनाएको छ ।
बुधबार मन्त्रालयमा भएको छलफलमा उहाँमाथिको महाभियोगको टुंगो लागेपछि मात्र विभूषण दिने वा रद्द गर्ने निर्णय गरिने र तत्कालका लागि स्थगन गर्ने निर्णय भएको हो ।







