पशु चिकित्सा परिषद्काे अध्यक्षमा पूर्वसचिव डा. शाह नियुक्त

२४ काठमाडाैँ । सरकारले नेपाल पशु चिकित्सा परिषद्काे अध्यक्षमा पूर्वसचिव डा. ब्रजकिशाेर प्रसाद शाहलाई नियुक्त गरेकाे छ ।

आज बालुवाटारमा बसेकाे मन्त्रिपरिपद्काे बैठकले पूर्वसचिव शाहलाइ परिषद्काे अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे कृषि तथ पशुपंक्षी विकास मन्त्री महिन्द्रा राय यादवले बताए ।

हाल उनी संयुक्त राष्ट्र संघ अन्तरगत रहेकाे खाद्य तथा कृषि संगठन(एफएओ)मा कन्सलटेन्टकाे रूपमा कार्यरत छन् ।

शाह नेपाल सरकारका पूर्वसचिव तथा नेपाल भेटरिनरी एसाेसिएसनका पूर्व अध्यक्ष हुन् । त्यसैगरी उनी सचिव हुँदा निर्वाचन आयाेग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेका थिए ।

परिषद्काे अध्यक्षका लागि डा. बिमल कुमार निर्मल, डा. बंशी शर्मा र डा. शाहकाे नाम सिफारिस भएकाे थियाे ।

त्यस्तै परिषद्काे सदस्यमा कृषिमन्त्री यादवले २ जनालाई नियुक्त गरेकाे छन् । स्राेतका अनुसार सदस्यमा डा. दिनेश कुमार यादव र डा. राम कुमार मण्डल नियुक्त भएका हुन् । यादव कृषिमन्त्रीका निजी सचिव हुन् र हाल उनी नेपाल कृषि अनुसन्धान परिषदमा वैज्ञानिक पदमा कार्यरत छन् ।

मण्डल नेपाल सरकारका उपसचिवबाट सेवा निवृत कार्मचारी तथा नेपाल भेटरिनरी एसाेसिएसनका पूर्व उपाध्यक्ष हुन् ।

त्यसैगरी परिषद्काे रजिष्टारकाे नियुक्ति प्रकृया सर्वाेच्च अदालतमा मुद्दा परेकाेले तत्कालकाे लागि स्थागित भएकाे छ ।