असोज ७, काठमाडौं ।
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार त्यहाँ दुई लाख भन्दा बढीको संक्रमणका कारण ज्यान गइसकेको छ ।
अमेरिकाको सबैभन्दा प्रभावित राज्य न्युयोर्कमा ३३ हजार ९० जनाको मृत्यु भएको छ । त्यसैगरी न्यु जर्सीमा १६ हजार ७६, टेक्ससमा १५ हजार दुई सय दुई र क्यालिफोर्नियामा १५ हजार एक सय ७१ जनाको कोरोना लागेर मृत्यु भएको तथ्यांक छ ।
त्यहाँको फ्लोरिडामा १३ हजार चार सय भन्दा बढीको मृत्यु भएको छ । म्यासाचुसेट्समा ९३ सय भन्दा बढीको ज्यान गएको छ । त्यहाँ हालसम्म ६८ लाख ९० हजार मान्छेमा संक्रमण देखिइसकेको छ ।
संक्रमणबाट मृत्यु हुनेको सूचीमा ब्राजिल र भारत छन् । ब्राजिलमा एक लाख ३७ हजार झन्डै ९० हजार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । (एजेन्सी)







