तनहुँमा मोटरसाइकल दुर्घटना, वृद्धाको मृत्यु

२७ चैत्र, काठमाडौं । तनँहुमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक वृद्धाको मृत्यु भएको छ ।

व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाटकाे मृत्यु भएको हाे ।

हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिदा पछाडि सवार उनी घाइते भएकी थिइन् ।

उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।