असोज ७, काठमाडौं ।
वामदेव गौतम विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टिले प्रतिरक्षा गर्ने निर्णय गरेको छ । राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा मनोनित गरेलगत्तै उनलाई उक्त हैसियतमा काम गर्न रोक लगाउनुपर्ने माग गर्दै सोमबार मुद्दा दायर भएको थियो ।
सो मुद्दामा नेकपालाई पनि विपक्षी बनाइएको छ । यस मुद्दामा वामदेवका तर्फबाट पनि उक्त दलले नै लड्ने बताइएको छ । नेकपा सचिवायलका एक सदस्यले मुद्दामा दलले नै आफ्नो निर्णयको प्रतिरक्षा गर्ने बताए ।
उनका अनुसार दलका साथै वामदेवलाई, प्रधानमन्त्री कार्यालय र राष्ट्रियसभालाई विपक्षी बनाइ दायर रिटमा नेकपाले प्रतिरक्षा गर्ने निर्णय गरेको हो । रिटमा गौतमलाई मन्त्री बनाउने चर्चा भइरहेको भन्दै त्यो समेत रोक्नुपर्ने भन्दै अन्तरिम आदेश माग गरिएको छ ।







