२८ चैत्र, भक्तपुर । भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा बढी घाइते भएका छन् ।
सोमबार राति भैरबनाथको रथ तान्ने क्रममा झै-झगडा तथा ढुंगामुढासमेत हुँदा उनीहरू घाइते भएका हुन् ।
ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँंका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ ।
६ जना टाँंका लगाउनुपर्ने विरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ ।







