सबैले सुनाैं , यस्तालाई चुनाैं !

सबैले सुनाैं , यस्तालाई चुनाैं !

खल्ती भरिएका हाेइन सक्षमताले दरिएका

आरक्षणले तानिएका नभई समाजद्वारा मानिएका

नेताका प्रचारक हाेइन बेला-विषयका सुविचारक

झाेले कार्यकर्ता नभई सुव्यवस्थाका अभियन्ता

जे भन्याे त्यही मान्ने हाेइन विषयवस्तु जान्ने

आदेशपालक नभई मर्यादापालक

व्यभिचारी हाेइन सदाचारी

ठुलाबडा हाेइन नीतिमा कडा

पढेका मात्रै नभई परेका

शिक्षित मात्रै नभई ज्ञानले दिक्षित

धनवान हाेइन विद्वान

घमण्डले तातेका हाेइन अनुभवले पाकेका

जानेसुनेका नभइ देखेबुझेका

कमाएर दिने हाेइन कमाउन सिकाउने

खुवाउने हाेइन खानसक्ने बनाउने

फकाउने हाेइन जगाउने

नालायक हाेइन नायक

दारी पाकेका हाेइन बुद्धि विवेक फापेका

डरले काँप्ने हाेइन यथार्थ नाप्ने

आफ्ना खुट्याउने नभई सही-गलत छुट्याउने

नुन खुवाएका वा खाएका हाेइन कानुन थाहा पाएका

आफ्नाे खल्ती, भुँडी भर्ने हाेइन सामाजकाे हित गर्ने

तल र माथि नभई सबैकाे साथी

जमिन्दार हाेइन ईमान्दार

धनले धनी नभई मनका धनी

व्यक्तिवादी हाेइन समाजवादी

राष्ट्रघाती नभई राष्ट्रियतावादी

कुख्यात त झन् हुँदै हाेइन विख्यात

+……हाे , यस्तै यस्तै उमेदवार हाे ;

छान्नेले छान्नुपर्ने, राेज्नेले राेज्नुपर्ने ।

#आसन्न_निर्वाचन - सुनील पाैडेल