मेयरमा उम्मेदवारी दिन उपसचिवबाट राजीनामा दिँदै भुसाल

९ वैसाख, काठमाडौं । मेयरमा उम्मेदवारी दिन एक उपसचिवले राजीनामा दिने तयारी गरकाे छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव विष्णुप्रसाद भुसालले राजीनामा दिन लागेका हुन् ।

भुसालले पूर्णरुपमा राजनीतिमा होमिनको लागि राजीनामा दिन लागेको बताए । उनी नवलपरासीको देवचुली नगरपालिकामा मेयरमा उठ्ने तयारी गरेका छन् ।

उनले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासहित ठुला नेताहरुसँग एक चरणको कुरा भइसकेकोले मेयरको टिकटको विषयमा विश्वस्त भएको बताए ।