राप्रपाद्वारा काठमाडौंकाे मेयरमा श्रेष्ठको नाम घोषणा

९ वैशाख, काठमाडौं । राप्रपाले काठमाडौं महानगरपालिकाको मेयरमा कलकार मदनदान श्रेष्ठको नाम घोषणा गरेको छ ।

राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने जानकारी दिए ।

‘काठमाडौं महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ,’ उनले भने ।