केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

११ वैशाख, मकवानपुर । आसन्‍न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् ।

प्रदेशका पुर्वमन्त्रीसमेत रहेका स्थापितले आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई हेटौंडा कार्यालयमा पुगेर राजीनामा दिएका हुन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने तय भएकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताए ।

निर्वाचन आयोगले बनाएको आचारसंहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेद्‌वार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ ।

नेकपा (एमाले) को सचिवालय बैठकले हिजो मात्र स्थापितलाई काठमाडौँको मेयर बनाउने निर्णय गरेको थियो ।