देउवा र आलेविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र माथेमाको इजलासमा

१३ चैत्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र पर्यटनमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ ।

राजकुमार क्षेत्रीले उनीहरूविरुद्ध रिट दायर गरेका थिए । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट सरकारले हटाएपछि उनी २१ पुस २०७८ मा सर्वोच्च पुगेका थिए ।

२३ पुसमै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ र अल्पकालीन आदेश जारी गरेको गरेको थियो । र, आदेश कार्यान्वयन नभएको भन्दै २७ माघमा उनले प्रधानमन्त्री देउवा, मन्त्री आलेसहित विरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दालाई पूर्ण सुनुवाइ गर्न न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले ६ चैत २०७८ मा आदेश दिएका थियो ।