मावि तह शिक्षक पदको सामान्य परीक्षा नतिजा सार्वजनिक

२० वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत चैत १५ गते लिएको माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

उक्त पदका लागि १ हजार ५५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ३२ हजार ९७ जना सहभागीमध्ये ३ हजार ८८६ जना परीक्षार्थाी उत्तीर्ण भएका छन् ।