२८ वैशाख, काठमाडौं । देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी नहुने भएको छ ।
निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई मतगणना स्थलमा सीसीटिभी क्यामेरा राख्ने व्यवस्थाका लागि परिपत्र गरेको थियो । तर, त्यस अनुसार स्थानीय तहले व्यवस्थापन गर्न नसकेको जानकारी आएको निर्वाचन आयोगका अधिकारीह?ले बताएका छन् ।
‘करिब तीन सय मतगणना स्थलमा मात्रै सीसीटिभी क्यामेरा हुने भएको छ’ ति अधिकारी भन्छन्, ‘हामीले सीसीटिभी क्यामेरा दिन सक्ने अवस्था थिएन स्थानीय तहले कतिपय ठाउँमा व्यवस्था गर्न नसक्ने भए ।’
देशभर १० हजार ७ सय ५६ वटा मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकेको छ । ७ सय ५३ स्थानीय तहमा मतगणना स्थल हुनेछ । दुर्गम स्थानका मतदानस्थलमा बत्ती, इन्टरनेटको सुविधा नभएका कारण सीसीटिभी क्यामेरा राख्न सम्भव नभएको सूचना पनि आएको आयोगका अधिकारीह? बताउँछन् ।
आयोगले गत चैत १ गते परिपत्र गर्दै ‘मतदान सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणनाको अनुगमन आयोग परिसरबाटै गर्ने उदेश्यले मतगणना स्थल दृश्य अवलोकन प्रणालीको प्रयोग गर्न आयोगबाट निर्णय भएकाले उक्त प्रणाली सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरी आयोगसँग सम्पर्क कायम गर्न निर्णय गरेकोले सो अनुसार आवश्यक व्यवस्था मिलाउन’ भनेको थियो । त्यस अनुसार सबै मतगणना स्थलमा सिसिटिभी जडान सम्भव नभएपछि भिडियो रेकर्ड भने गरिने आयोगले जनाएको छ ।







