६ जेठ, काठमाडौं । बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारले जित हासिल गरेका छन् ।
मेयर पदमा निर्वाचित प्रहलादकुमार क्षेत्रीले १४ हजार २ सय १० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी माओवादीका राजु खड्काले ८ हजार ३ सय २३ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार चिरञ्जीवी हमालले भने १२ सय ६३ मत मात्रै ल्याए ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका क्षेत्रीको कांग्रेसबाट टिकट खोसिए पछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनको टिकट खोसेर कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका हमाललाई मेयरको टिकट दिएका थिए । तर, देउवाको रोजाइका हमाल चौथो बन्न पुगे ।
यस्तै उपमेयरमा तारा देवीले ९ हजार ७ सय ३६ मत ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी माओवादीकी कृष्णमाया गौतामले ८ हजार १ सय ८५ मत ल्याइन् ।







