स्थानीय तह निर्वाचन : कुन-कुन पालिकामा चुनिए महिला प्रमुख ?

६ जेठ, काठमाडाैँ । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत अहिलेसम्म ६ सयभन्दा बढी पालिकाहरूको नतिजा आइसकेको छ।

तर यीमध्ये एकदमै थोरै पालिकामा मात्र महिलाले प्रमुख पद जितेका छन्।

सबै पार्टीका गरी अहिलेसम्म नतिजा आएका पालिकाको ३ प्रतिशतभन्दा कम मात्र महिलाले प्रमुख पद जितेका छन्।

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट १७ महिला गाउँ र नगरपालिका प्रमुख भएका छन्। यसमा पनि छ वटा नगरपालिका मात्रै महिला प्रमुखको हातमा परेको छ।

पछिल्लो नतिजाअनुसार कांग्रेसबाट दुई नगरपालिकासहित छ पालिकामा महिला प्रमुख चुनिएका छन्। त्यस्तै एमालेबाट तीन नगरपालिकासहित आठ पालिकामा महिला प्रमुख चुनिएका छन्।

अनि माओवादीबाट तीन जना गाउँपालिका अध्यक्ष चुनिएका छन्।

त्यस्तै हालसम्म कांग्रेसले २६६, एमालेले १६८, माओवादीले १०९, जनता समाजवादी पार्टी (जसपा) ले १८ र एकीकृत समाजवादीले १३ पालिकामा प्रमुख पद जितेका छन्।

त्यस्तै राप्रपा, नेमकिपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, स्वतन्त्र उम्मेदवार र अन्यले गरी ४० पालिका प्रमुख आफ्नो पोल्टामा पारेका छन्। देशभरका ७५३ पालिकामध्ये अब केहीको मात्र नतिजा आउन बाँकी छ।

एमाले

मोरङ, कानेपोखरी गाउँपालिका, राजमति इंग्नाम​
पाल्पा, बगनासकाली गाउँपालिका, सरस्वती दर्माली​
नवलपरासी बर्दघाट सुस्ता पश्चिम, सुनवल नगरपालिका, विमला अर्याल
रौतहट, मौलापुर नगरपालिका, रिनाकुमारी साह
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, मोहनमाया भण्डारी
चितवन, माडी नगरपालिका, ताराकुमारी काजी महतो
पर्वत, मोदी गाउँपालिका, हिरादेवी शर्मा
सिन्धुली, फिक्कल गाउँपालिका, पार्वती

माओवादी

काभ्रेपलाञ्चोक, चौंरीदेउराली गाउँपालिका, रेनुका चौलागाईं
सिन्धुली, सुनकोशी गाउँपालिका, दिपा बोहोरा
खोटाङ, जन्तेढुंगा गाउँपालिका, अरूणादेवी राई

कांग्रेस

बागलुङ, बडिगाड गाउँपालिका, गण्डकी थापा अधिकारी
अछाम, पञ्चदेवल विनायक नगरपालिका, अम्बिका कुमारी चलाउने
दैलेख, भैरवी गाउँपालिका, रिताकुमारी शाही
नवलपरासी सुस्ता बर्दघाट पूर्व, हुप्सेकोट गाउँपालिका, लक्ष्मीदेवी पाण्डे
खोटाङ, लिखुपिके गाउँपालिका, मिनादेवी कार्की
सप्तरी, सुरूंगा नगरपालिका, गीता चौधरी