नेकपाका प्रवक्ता श्रेष्ठ र नेपालका लागि भारतीय राजदुत क्वात्राबीच भेट

७ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

प्रवक्ता श्रेष्ठको आफ्नो निजी निवास हरिसिद्दिमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल भारत सम्बन्धका बिभिन्न आयामका बारेमा छलफल भएको छ ।

भेटमा दुई देशकाबीचमा रहेका समस्या लाई छिटो वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने आवश्यकताका बारेमा पनि विचार आदान प्रदान समेत भएको छ ।

भेटमा परराष्ट्र मन्त्रालयका दक्षिण एसिया मामिला हेर्ने टिकाराम उपाध्यायको पनि सहभागीता थियो ।

कुनैपनि नेताहरुले विदेशका कुटनीतिक नियोकका प्रतिनिधिसँग भेट परराष्ट्र मन्त्रालयको माध्यमबाट हुने गरेको छ ।

प्रवक्ता श्रेष्ठले परराष्ट्र मन्त्रालयको माध्यमबाट क्वात्रासँग भेट गरेका हुन् ।