१२ जेठ, काठमाडाैं । सर्वोच्च अदालतले पत्नीहत्याको अभियोग लागेका शसस्त्र प्रहरी बलका पूर्व डिआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ । सर्वोच्च अदालतले उनीमाथि जन्मकैद हुने भनी जिल्ला अदालत र तत्कालिन पुनरावेदन अदालतले गरेको फैसला नै सदर गरेको हो ।
कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासको फैसला उल्ट्याएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौड्यालले बताए ।







