१५ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघीय चुनाव हुनुपर्ने बताएका छन् ।
शनिवार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिँदै उनले भने, ‘मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ ।’ पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले मंसिरमा हुने चुनावबाट आउने सरकारलाई बोझ थप्ने र पपुलिस्ट कार्यक्रम नल्याउन सरकारलाई आग्रह गरे ।







