१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको पोखरा विमानस्थालका प्रवक्ता देवराज सुवेदीले इकागजलाई जानकारी दिए ।
उनकाअनुसार करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा आएको छैन । विमानमा चालक दलका तीन जनासहित २२ जना सवार थिए ।







