पहिरोले रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द

असोज ८, चितवन ।
बुधबार राति पहिलो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ । उक्त सडकको चार किलो भन्ने स्थानमा पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा गए राति पुनः पहिरो खसको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक बन्द भएको हो । सोहि स्थानमा बुधबार दिउँसो साढे चार बजे पहिरो खसेको थियो । तर पन्छाएपछि साँझ सा बजेदेखि उक्त सडक सञ्चालनमा आएको थियो ।

यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ । साँझ पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको हो । केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।