असोज ८, काठमाडौं ।
चीनले सैन्य शैलीका प्रशिक्षण केन्द्रमा जानका लागि तिब्बती नागरिकहरूलाई दबाब दिइरहेको बुझिएको छ । एक अध्ययनका अनुसार ती केन्द्र श्रम शिविरझैं छन् ।
रोयटर्स समाचार संस्थाका अनुसार चिनियाँ सरकारको योजना अनुसार उनीहरूलाई यसरी केन्द्रमा भर्ना गर्न दबाब दिइने गरेको छ । ‘काममा अनुशासन र नैतिकता अनि चिनियाँ भाषा’ सिकाउने चिनियाँ सरकारको नीति रहेअनुसार थुप्रै अल्पसंख्यक रोहिंग्या मुसलमानलाई पनि यस्ता केन्द्रमा राख्ने गरिएको छ ।
यस कार्यक्रम अन्तर्गत कम तलबमा उत्पादन, निर्माण र कृषि क्षेत्रमा काम गर्ने मजदूर उत्पादनको काम भइरहेको छ । ‘काम गर्न सक्दिनँ, चाहन्नँ र गर्न आँट छैन’ जस्ता मनोवृत्ति परिवर्तन गर्न र अल्छी मानिसहरूलाई हटाउनका निम्ति सरकारले यस्तो योजना ल्याएको बताइएको छ ।
विकट क्षेत्रका श्रमिकलाई पुनः तालिम दिने कार्य राष्ट्रपति शी जिनपिङको गरिबी हटाउने प्रतिबद्धतासँग जोडिएको बताइएको छ । यस विषयमा चीनले औपचारिक प्रतिक्रिया जनाएको छैन । (एजेन्सी)







