लोसपालाई फकाउँदै देउवा

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई विश्वासमा लिने प्रयासमा लागेका छन् । उनको प्रयासलाई सत्ता गठबन्धनमा रहेका अन्य दलहरुले पनि साथ दिएका छन् ।

खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टाछुट्टै बोलाएर छलफल गरेपछि प्रधानमन्त्री देउवा झस्किएका हुन् । नेताहरुका अनुसार १० जेठ २०७९ मा ओलीले यादवसँग आफ्नै निवास बालकोट बोलाएर बोलाएर छलफल गरेका थिए । लगत्तै ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका थिए ।

जसपाले स्थानीय चुनावमा कांग्रेसले धाका दिएको महसुस गरेको छ। त्यसअनुसार अभिव्यक्ति पनि दिइरहेको छ । लोसपाले पनि बलियो गठबन्धन खोजिरहेको छ । लोसपाका नेता राजेन्द्र महत्तोले आफुहरुले समान माग ओली र देउवासँग राखेको जसले सिरियसली लिन्छ उतै आफुहरुको गठबन्धन हुने बताएका छन् ।

सत्तागठबन्धनलाई थप बलियो बनाउन र संसदमा आवश्यक पर्दा दुई तिहाई पु¥याउन पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले लोसपालाई विश्वासमा लिने प्रयास थालेका हुन् ।

सत्तागठबन्धनलाई थप बलियो बनाउन र संसदमा आवश्यक पर्दा दुई तिहाई पु¥याउन पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले लोसपालाई विश्वासमा लिने प्रयास थालेका हुन् ।

लोसपाले यसरी खुलमखुला गठबन्धनका सन्दर्भमा निर्णय लिन लागेको बताएपछि विश्वासमा लिने प्रयासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा लागेका हुन् । कतिपय नेताहरु गठबन्धन भत्किने हो कि भन्ने डरले देउवाले छलफल थालेको र लोसपालाई विश्वासमा लिने प्रयास गरेको बताउँछन् । तर, जसपा अध्यक्ष उपेन्द्र यादवले वर्तमान गठबन्धनलाई संघ र प्रदेशको चुनावसम्म निरन्तरता दिने बताएकाले देउवा केही हदसम्म ढुक्क भएर लोसपालाई फकाउनतिर लागेका हुन् । देउवाले २१ जेठ २०७९ मा प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर लोसपा अध्यक्ष ठाकुरसँग छलफल गरेका थिए ।

छलफलमा प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरेको र अध्यक्ष ठाकुरले मधेसको माग पूरा नभएसम्म सरकारमा सहभागी हुन गाह्रो हुने बताएको जनाइएको छ । तर, नागरिकता ऐन ल्याउने लगायतका माग पुरा गर्ने आश्वासन देउवाले दिएको नेताहरु बताउँछन् । विश्वासका लागि माग पुरा गर्न लोसपाले २४ जेठमा प्रधानमन्त्री देउवालाई ११ बुँदे ज्ञापनपत्र पनि बुझाएको छ ।

लोसपालाई पाँच दलीय सत्ता गठबन्धनमा ल्याउने प्रयास कांग्रेस सभापति देउवाले प्रयास गरिरहँदा जसपाका अध्यक्ष उपेन्द्र यादवले लोसपाका नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् ।