तीन देशका नागरिकलाई साउदीमा आउन रोक

असोज ८, काठमाडौं ।
साउदी अरबले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै तीन देशबाट आउने यात्रुमथि प्रतिबन्धको घोषणा गरेको छ । भारत, ब्राजिल र अर्जेन्टिनाका नागरिकलाई साउदी आउनबाट रोक लगाइएको हो ।

यी देशबाट आउने मात्र होइन, जान समेत नदिइने उक्त देशले जनाएको छ । तीनै देशका लागि उडान बन्द गरिएको हो । यद्यपि सरकारी कामकाज र राजनैतिक तहका कार्यका लागि यी प्रतिबन्ध लागू नहुने बताइएको छ ।

तीन लाखभन्दा बढी कोरोना संक्रमित रहेको साउदीमा यो नियम बुधबारदेखि लागू भएको छ ।
(एजेन्सी)