इटहरीको जुट विकास बस्तीमा पस्यो चितुवा, स्थानीय त्रसित

३० जेठ, काठमाडौं । सुनसरीको इटहरीस्थित बजार क्षेत्रमा सोमबार बिहान एक चितुवा देखा परेको छ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुट विकास क्षेत्रमा चितुवा देखिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उपमहानगरपालिका –६ स्थित जुट विकासमा चितुवा भेटिएको हो।

सोमबार बिहान करिब साढे ५ बजे बजार क्षेत्रको मानव बस्तीमा चितुवा भेटिएको हो । बजार क्षेत्रमा चितुवा देखिएपछि स्थानीय त्रसित भएका छन्।

चितुवा बस्ती डुल्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। चितुवा देखिएसँगै प्रहरी र सशस्त्र प्रहरीको टोलि परिचालन भएको छ।

चितुवा पानीले भिजेको अवस्थामा छ। चितुवाले अहिलेसम्म कसैलाई पनि आक्रमण गरेको छैन।