३ असार, काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी सैन्य रणनीति अन्तर्गत रहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई बोलाएको छ ।
एसपीपीका लागि प्रधान सेनापतिले नै पत्र पठाएको सार्वजनिक भएपछि बोलाएर छलफल गर्न लागिएको समिति सचिवालयले जनाएको छ ।
यसअघि समितिले एसपीपीमा हस्ताक्षर हुन लागेको भनी चर्चा भएपछि परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई असार ३ गते र बसार ५ गते प्रधानमत्री शेरबहादुर देउवालाई बोलाएर छलफल गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार शुक्रबारका लागि तय भएको परराष्ट्रमन्त्रीसँग छलफल गर्ने कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति शर्मालाई पनि बोलाएको हो । शुक्रबारको कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि बोलाइएको छ ।
छलफलको विषय नेपालको परराष्ट्र नीति कार्यान्वयनका र प्रधानमन्त्रीको निकट भविष्यमा हुने भनिएको अमेरिकाको भ्रमण सम्बन्धी छ ।
परराष्ट्रमन्त्री, प्रधानसेनापतिँग छलफल गरेपछि बसार ५ गते प्रधानमन्त्रसँग छलफल गर्ने समितिको निर्णय छ ।







