२४ घण्टामा ९० जना कोरोना संक्रमित थपिए

२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर ४०१ जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र ११६८जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा कसैको मृत्‍यु भएको छैन।