३० असार, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।
सत्तारुढ गठबन्धनले कांग्रेस सांसद पुष्पा भुसाललाई उम्मेदवार बनाएको छ। उनले माओवादी र एकीकृत समाजवादीलगायतका दलको समर्थन र प्रस्तावमा उम्मेदवारी दर्ता गराएकी छन् ।भुसालले संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार मनोनयन दर्ता गराएकी हुन् ।
भुसालको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन् ।
उपसभामुखको निर्वाचन शुक्रबारका लागि तोकिएको छ ।







