२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल भर्ना हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ।
एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय थियो । अध्यक्ष नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित अर्को सूचना नआउन्जेल स्थगित भएको छ ।
‘अध्यक्षज्यू विमार पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना नआउन्जेल कार्यसमिति बैठक स्थगित भयो,’ एन्फाका महासचिव किरण राईले भने ।







