बलात्कार आरोपीलाई गुरू मान्ने सरकारका मन्त्री र महान्यायाधिवक्ताप्रति नेकपा एमाले आपत्ति जनाउँछ : सांसद तुम्बाहाङ्फे

१३ साउन, काठमाडौं । बलात्कार आरोपी कृष्ण गिरी (सिद्धबाबा) को धार्मिक कार्यक्रममा सरकारका मन्त्री तथा महान्यायाधिवक्ताको सहभागिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ।

शुक्रबार संसदको विशेष समयमा बोल्दै एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले भनिन्, ‘बलात्कार आरोपीलाई गुरू मानेर हिँड्ने सरकारका मन्त्री र महान्यायाधिवक्ताको कामप्रति नेकपा एमाले आपत्ति जनाउँछ। यसले पीडितलाई निकै ठूलो मनोवैज्ञानिक असर पु¥याउँछ’ ।

सिद्धबाबाले केही दिनअघि पशुपति मन्दिर परिसरमा आयोजना गरेको महायज्ञमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीे सहभागी भएका थिए।

बलात्कारका आरोपीलाई साधारण तारिखमा छोड्ने न्यायाधीशको कार्यकुशलतामाथि प्रश्न खडा भएको र यस विषयमा छानबिन हुनुपर्ने माग उनले गरिन्। पशुतपतिनाथ परिसरमा सिद्धबाबालाई महायज्ञ गर्न दिन नहुने माग पनि तुम्बाहाङ्फले गरेकी छन्।