आज बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्ने

१९ साउन, काठमाडौं । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति औपचारिक घोषणा गर्दैछ ।

प्रधानमन्त्री सचिवालयका अनुसार आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकले मंसिर ४ मा चुनाव गर्ने औपचारिक निर्णय गर्नेछ । सत्ता गठबन्धनको बुधबारै बसेको बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाइसकेको छ । गठबन्धनको सहमतिबमोजिम मन्त्रिपरिषद्ले चुनावको मिति घोषणा गर्नेछ ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सिफारिस गरेको थियो भने १२० दिनको निर्वाचन अवधि कायम हुनुपर्ने माग गरेको थियो । तर सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेकालागि निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।