प्रचण्ड शुक्रवार राति जापान भ्रमणमा जाने

२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राती १०ः३० मा जापान भ्रमणमा जाँदैछन्।

नेपाली जनप्रगतिशील मञ्चको एक कार्यक्रममा सहभागीता जनाउन प्रचण्ड जापान जान लागेका हुन्। प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ। उनको राजनीतिक भेटघाटबारे भने सचिवालयले केही बताएको छैन।

उनी साउन २५ मा नेपाल फर्किनेछन्।