गरे प्रचण्ड र बाबुरामले एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति

२९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति गरेका छन् ।

आइतबार बिहान खुमलटारमा डा.भट्टराई र अध्यक्ष प्रचण्डबीच करिब एक घण्टा छलफल पछि निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो ।

दुईबीच मौखिक सहमति भएतापनि औपचारिक रुप दिन भने बाँकी रहेको छ । त्यस्तै, दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ ।

आसन्न चुनावमा दुई पार्टीबीच सहकार्यका लागि केही दिनयता निरन्तर छलफल र संवाद जारी रहेको थियो । यसअघि डा.भट्टराईले समाजवादी केन्द्र बनाएर अघि बढ्ने पहल गरे पनि त्यो भने सम्भव हुन सकेको थिएन ।