नेपाल–चीन सीमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने कांग्रसको माग

असोज १०, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल–चीन सीमा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेको छ । हुम्लाको लिमि उपत्यकामा चिनियाँ पक्षले भूमि अतिक्रमण गरेको समाचार बाहिरिएपछि कांग्रेसले यस्तो माग राखेको हो ।

सरकारले ‘नेपाल–चीन सीमानामा कतै विवाद नरहेको र चीनले भूमि नमिचेको’ बताइसकेको छ । तर हुम्लाका प्रमुख जिल्ला अधिकारीको अनुगमन टोली फर्केर नआउँदै सरकारले दिएको प्रष्टिकरणलाई उक्त दलले ‘हतारको टिप्पणी’ भनेको छ ।

परराष्ट्र मन्त्रालयले हतारमा भूमि नमिचिएको बताउनु र वास्तविक अनुगमन प्रतिवेदन नआउँदै प्रतिक्रिया दिनुलाई कांग्रेसले शंकास्पद रूपमा हेरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार जारी गरेको विज्ञप्तीमा सरकारलाई अविलम्ब सीमाको वास्तविक प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।