डिडिसीको घ्यूमा ५ प्रतिशतसम्म छुट

असोज १०, काठमाडौं ।
दुग्ध विकास संस्थानले उपभोक्ताका लागि साबिक बजार मूल्यमा बढीमा ५ प्रतिशतसम्म छुटको योजना ल्याएको छ । आफ्ना बिक्रि केन्द्रबाट घ्यू खरिद गरेमा बजार मूल्यभन्दा प्रतिलिटर २० रूपैयाँ छुट दिनेगरी बिक्रि गरिरहेको संस्थानले जनाएको छ ।

संस्थानले सूचना जारी गर्दै वितरकका लागि समेत छुट योजना ल्याएको बताएको छ । तीन सय, पाँच सय, एक हजार, तीन हजार र पाँच हजार लिटर घ्यू किन्ने विक्रेतालाई क्रमशः १, २, ३, ४ र ५ प्रतिशत छुट दिइने योजना ल्याएको संस्थानले जनाएको छ ।

यसैगरी धुलो दुधमा प्रतिकेजी १० रूपैयाँ र पाँच सय केजी मख्खन किन्नेलाई प्रतिकेजी सात सय रूपैयाँमा विक्रि गर्ने बताइएको छ । डिडिसीले बिक्रि छुट योजना अन्तर्गत दुग्धजन्य पदार्थको मूल्यमा छुट दिने यी योजना ल्याएको हो ।