३१ साउन, काठमाडाैँ । देशका विभिन्न स्थानमा कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवको पुतला दहन भएको छ ।
नेपाल भेटेरिनरी एसोसिएसन तथा नेपाल भेटेरिनरी विद्यार्थी सँगठनहरुले आज देशका विभिन्न स्थानमा मन्त्रीको पुतला दहन गरेका हुन् ।
पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा हाम्रो सुझाव ग्रहण नगरी मन्त्री यादवले संसदबाट पास गराउन खेलेको भूमिकाप्रति असन्तुष्टि जनाउँदै नेपाल भेटेरिनरी विद्यार्थी संगठनहरुले पुतला दहन गरेका हुन् ।
उक्त विधेयक प्रस्तुत गर्ने क्रममा सम्पूर्ण नेपाली पशु चिकित्शकलाई दोषारोपण गरी प्रेषित भनाइ प्रति नेपाल भेटेरिनरी एसोसियनले घोर आपत्तिसमेत प्रकट गरेको छ ।







