१ भाद्र, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचनमा आयोगमा ८४ दल दर्ता भएका छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज अन्तिम दिनसम्म ८४ राजनीतिक दलले दल दर्ताका लागि आवेदन दिएका हुन् । उनका अनुसार पहिलो निवेदन राष्ट्रिय जनमत पार्टीले आवेदन दिएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार ती ८४ दलमा ४ वटा समूह पनि छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने दल दर्ताका लागि साउन २२ गतेदेखि साउन ३१ गते कार्यालय समयसम्मको समयसीमा निर्धारण गरेको थियो ।







