असोज १०, काठमाडौं ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाख व्यक्तिको ज्यान जान सक्ने चेतावनी दिएको छ । संगठनका आपतकालीन सेवा प्रमुख डाक्टर रायनले उक्त चेतावनी दिएका हुन् ।
सन् २०२० को सुरुआतबाट चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण हालसम्म विश्वमा १० लाख हाराहारी मान्छेको मृत्यु भइसकेको छ भने तीन करोड २० लाख भन्दा बढी मान्छे संक्रमित भइसकेका छन् । डाक्टर रायनले कोरोना रोकथामका लागि सबै देशले कडाइका साथ सुरक्षाका उपाय अपनाउनुपर्ने बताएका छन् । (एजेन्सी)







