प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियार काठमाडौं ६ बाट उम्मेदवार सिफारिस

१७ भाद्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियार नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ६ मा समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन्।

काठमाडौं क्षेत्र नम्बर ६ ले समानुपातिकतर्फ पुरूषमा परियारको एकल नाम मात्रै सिफारिस गरेको छ।

उनी सोही क्षेत्रबाट कांग्रेस महाधिवेशन प्रतिनिधि छन्।

उनले केही समयअघि पार्टीको प्रचार विभागमा सदस्य रहेर काम पनि गरेका थिए।