२४ भाद्र, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन्।
शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
लुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने उनले बताए। उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने जिकिर गरे।
नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको दावी गरे।
नेता सिंहले निर्वाचनमा उम्मेदवार छनौटमा विशेष ध्यान दिन आग्रह गरे। उनले समुदायमा काम गर्दा पारदर्शी रुपले गर्नुपर्ने धारणा राखे।







