पुण्य गौतम एमालेबाट समानुपातिकमा सिफारिस

२४ भाद्र, काठमाडौं । नेकपा एमालेले सामाजिक सञ्जालका भाइरल पात्र पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ ।

काठमाडौंको क्षेत्र नम्बर ३ बाट उनको सिफारिस भएको हो ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए ।