राजनीति ट्र्याकमा आए सबै क्षेत्रको विकास हुन्छ : अध्यक्ष प्रचण्ड

२६ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब परिवारको छोरा भएपनि दुईपटक प्रधानमन्त्री भइसकेँ बताएका छन् ।

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समारोहलाई सम्बोधन गर्दै कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताए ।

उनले भने, ‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म गरिब परिवारमा जन्मेको हुँ। खान लाउन नपाउने भएपछि चितवन सरेको हो। मेरो पढाइ लेखाइ सबै त्यहीँ भयो। एसएलसी गर्दैगर्दा युवाहरू छलफल भयो। त्यहाँ राजनीतिलाई ट्र्याकमा ल्याउन आवश्यक भन्ने निष्कर्षको साथ लागेको हुँ।’

राजनीति ट्र्याकमा आए सबै क्षेत्रको विकास हुने उनले बताए। राजनीतिमा निरंकुशता को अन्त्य हुनुपर्ने बताए। अहिले दुई नम्बरी काम गरेर भए पनि मान्छेले जसरी पनि छिटो पैसा कमाउन प्रवृत्ति हावी भएको बताए। युवाहरू सक्रिय भएर लागे देशको अर्थतन्त्र सहजै उकास्न सकिने बताए।